मुख्य सामग्रीमा जानुहोस्
General

शुभ दीपावली (तिहार), छठ पर्व २०८३ को बिदा सम्बन्धी सूचना !

Nov 06, 2026
शुभ दीपावली (तिहार), छठ पर्व २०८३ को बिदा सम्बन्धी सूचना !

नेपालीहरूको महान् चाड शुभ दीपावली (तिहार), छठ पर्व २०८३ को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय निर्माण उपभोक्ता समिति तथा अन्य विभिन्न उपसमितिका वर्तमान तथा पूर्व पदाधिकारी एवम् सदस्यज्यूहरू, विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीज्यूहरू, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू, पूर्व शिक्षक तथा विद्यार्थीहरू, अभिभावकज्यूहरू, चन्दादाता, समाजसेवी, शिक्षाप्रेमी शुभेच्छुक महानुभावहरू तथा समस्त देश विदेशमा रहनुहुने नेपाली आमाबुवा, दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, शैक्षिक उन्नति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। लक्ष्मी माता र सम्पूर्ण देव, देवीहरूले देश र देशवासी सबैको कल्याण गरून् !


साथै महान् चाड शुभ दीपावली (तिहार), छठ पर्व २०८३ को पावन अवसरमा यही मिति २०८३/०७/२१ गतेदेखि मिति २०८३/०७/२९ गतेसम्म विद्यालयमा सार्वजनिक बिदा भएको र मिति २०८३/०७/३० गते सोमबारदेखि विद्यालयको पठनपाठन नियमित रूपमा सञ्चालन हुने कुरा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र सम्बन्धित सबैमा जानकारी गराइन्छ ।


अर्जुन प्रसाद पौडेल

प्रधानाध्यापक

तस्बिरहरू

यो समाचार साझा गर्नुहोस्:
Chat with us on WhatsApp