मुख्य सामग्रीमा जानुहोस्
General

कञ्चनपुरको बेदकोट न.पा.- ५ का वडाध्यक्ष एवं नगर प्रवक्ता श्री चित्रदेव भट्टज्यूको नेतृत्वमा शैक्षिक अवलोकन तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सम्पन्न

Nov 04, 2026
कञ्चनपुरको बेदकोट न.पा.- ५ का वडाध्यक्ष एवं नगर प्रवक्ता श्री चित्रदेव भट्टज्यूको नेतृत्वमा शैक्षिक अवलोकन तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सम्पन्न

कावासोती

२०८३ कार्तिक १४ गते, शनिबार


शिव माध्यमिक विद्यालय, कावासोती–२, शिवबस्ती, नवलपुरमा शैक्षिक अवलोकन तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।


कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष एवं नगर प्रवक्ता श्री चित्रदेव भट्टज्यूको नेतृत्वमा उक्त वडामा अवस्थित सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी र विद्यार्थीहरूसमेत सम्मिलित टोलीले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय पक्षको अवलोकन गरेको थियो।


अवलोकनका क्रममा विद्यालयका शैक्षिक गतिविधि, शिक्षण सिकाइ अभ्यास, विद्यालय व्यवस्थापन तथा समग्र शैक्षिक वातावरणका विषयमा जानकारी आदानप्रदान गरिएको थियो। साथै, दुवै क्षेत्रका असल अभ्यास, अनुभव तथा सिकाइहरू साझा गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आपसी सहकार्य र अनुभव आदानप्रदानको महत्त्वमा जोड दिइएको थियो।


यस किसिमको शैक्षिक भ्रमण तथा अवलोकनले विद्यालयहरूबीच आपसी सम्बन्ध विस्तार गर्न, असल अभ्यासहरू अनुकरण गर्न तथा शैक्षिक सुधारका नयाँ सम्भावनाहरू पहिचान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास विद्यालयले लिएको छ।


विद्यालयको अवलोकन गरी असल अभ्यास तथा अनुभव आदानप्रदान कार्यक्रममा सहभागी हुनुहुने वडाध्यक्ष एवं नगर प्रवक्ता श्री चित्रदेव भट्टज्यूलगायत सम्पूर्ण शिक्षक, स्वास्थ्यकर्मी तथा विद्यार्थीहरूप्रति शिव माध्यमिक विद्यालय परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।


असल अभ्यासको आदानप्रदान, गुणस्तरीय शिक्षाको आधार!

तस्बिरहरू

यो समाचार साझा गर्नुहोस्:
Chat with us on WhatsApp