स्थापना २०३१ वि.सं. (१९७४ ई.स.)

हाम्रो उत्कृष्टताको विरासत

शिवबस्ती, कावासोती-२, नवलपुर (नवलपरासी पूर्व), गण्डकी प्रदेश, नेपाल

२०३१ वि.सं. (१९७४ ई.स.)
स्थापना वर्ष
PG–12
उपलब्ध कक्षाहरू
50+
वर्षको सेवा
NEB
सम्बद्धता
संस्थागत प्रोफाइल

शिव माध्यमिक विद्यालय

कावासोती–०२, शिवबस्ती, नवलपरासी (ब.स.पूर्व)

युगानुकूल गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता।

२०३१

स्थापना वि.सं.

+२

उच्च माध्यमिक

बिगाहा क्याम्पस

नमुना

विद्यालय कार्यक्रम

१. विद्यालयको परिचय

ऐतिहासिक पृष्ठभूमि

१.१ ऐतिहासिक पृष्ठभूमि

२०३१ वि.सं.

नेपालको मध्य भू-भागमा, शान्तिका अग्रदूत, अहिंसाका पुजारी गौतम बुद्धको पावन जन्मभूमिको रूपमा लोकप्रिय लुम्बिनी अञ्चलको तत्कालीन नवलपरासी जिल्ला, हाल बर्दघाट (सुस्ता पूर्व) नवलपुर जिल्ला, देवचुली, शैलशिखरको काखमा अवस्थित, प्राचीनतम एवं धार्मिक आस्था बोकेको, सुसंस्कृत घनाबस्ती तथा दक्षिणमा पवित्र नारायणी गंगाले सुशोभित कावासोती नगरी बीचमा तत्कालीन स्थानीय, सामाजिक शैक्षिक जागरणका लागि प्रयासरत उदारमना र दूरदर्शी व्यक्तित्वहरूको चिन्तन, मनन र सक्रियतामा हाल यस क्षेत्रकै गौरवको प्रतीकका रूपमा शैक्षिक समृद्धि र उन्नयनका लागि सत्यम्, शिवम् र सुन्दरको बीजको रूपमा वि.सं. २०३१ साल भाद्र १ मा यस सामाजिक वातावरण नै कारक बनेको यथार्थ यहाँ उल्लेखनीय छ।

२०२९ वि.सं.

वि.सं. २०२९ सालमा तत्कालीन सरकार एवं नेपाल पुनर्वास कम्पनीले नारायणी अञ्चल, बारा (हाल कावासोती नगरपालिकाको वडा नं. २, ३, ५ र ८) मा भएको जङ्गल फडानी गरी मेजर प्रेम बहादुर गुरुङको नेतृत्वमा बसोबास गराइयो।

२०३२–३३ वि.सं.

उक्त थप जनसंख्या एवं त्यस अघिदेखि नै उक्त वडाहरूको आसपासमा रहेका अन्य बस्तीहरूमा समाजसेवी, बुद्धिजीवी, भद्रभलादमीहरू — मेजर प्रेम बहादुर गुरुङ, कर्ण बहादुर गुरुङ, इन्द्रप्रसाद भट्टराई आदिले — समग्र बसोबासहरूका लागि युगानुकूल शिक्षाको आवश्यकता महसुस गरी हाल शहीद स्मृति मा. वि. रहेको जग्गामा वि.सं. २०३२ साल भाद्र १ गते यो विद्यालयको स्थापना प्राथमिक विद्यालयको रूपमा गर्नुभयो। तत्कालीन शिव मन्दिर गा.वि.स.का केही वडा नं. २, ३ र ५, कावासोती गा.वि.स.को वडा नं. ५ तथा पिठौली गा.वि.स.का केही वडाहरूका लागि समेत पायक पर्ने गरी वि.सं. २०३३ सालमा हाल रहेको विद्यालय कच्ची भवन बनाई विद्यालय स्थानान्तरण गरियो।

तत्कालीनमा यस ठाउँमा प्रा. वि. तह (कक्षा १–५) भन्दा माथिको शिक्षा आर्जनका लागि ५ कि.मि. पूर्व प्रगतिनगर तथा करिब ७ कि.मि. पश्चिममा पर्ने त्रिभुवनटार डण्डामा पुग्नुपर्ने कठिनाइका कारण समाजका बालबालिकाको तह वृद्धि गरी शिव नि.मा.वि. को रूपमा सञ्चालन गर्न स्वीकृतिसमेत प्राप्त भयो।

२०३७–३८ वि.सं.

उक्त कच्ची भवनमा वि.सं. २०३७ सालसम्म पठनपाठन हुँदै आएकोमा झरी, हावाहुरी, जाडो-गर्मीले बालबालिकाहरूको पठनपाठन ज्यादै अवरुद्ध हुन गएको महसुस गरी तत्कालीन विद्यालय सञ्चालन समितिका अध्यक्ष श्री खुशीलाल पाण्डे एवं अन्य बुद्धिजीवीहरू — इन्द्रप्रसाद भट्टराई, श्री प्रसाद गुरुङ, कर्ण गुरुङ लगायतका लब्धप्रतिष्ठित, समाजसेवी महानुभावहरूले समाजमा शिक्षाप्रति आवश्यकता एवं आकर्षण महसुस गरी आफ्नो काँधमा विद्यालय भवन निर्माण गर्ने युगीन अभिभारा पूरा गर्न र विद्यालयको स्तरोन्नति गर्न अनिवार्य भएको ठहर गरी दक्षिण मोहडा फर्केको १२ कोठे भवन निर्माण प्रक्रिया थालनी भयो। स्थानीय श्रमदान र सरकारी अनुदान समेतबाट विद्यालय भवन तयार भयो र वि.सं. २०३८ साल चैत्र २७ गते तत्कालीन अर्थ, वाणिज्य तथा आपूर्ति मन्त्री डा. यादवप्रसाद पन्तद्वारा नवनिर्मित भवन उद्घाटन भई उक्त भवनमा पाठनपाठन कार्य आरम्भ भयो।

२०३८–४१ वि.सं.

यस क्रममा चेतनशील अभिभावकहरूको चाहना र युगानुकूल आवश्यकतालाई महसुस गरी वि.सं. २०३८ सालदेखि जनज्योति मा.वि. प्रगतिनगरको शाखाको रूपमा मा.वि. तहको पठनपाठन सञ्चालन गरी वि.सं. २०४१ सालदेखि यसै विद्यालयमा सम्मिलित गराउन सफल भयो। यो साल यस विद्यालयबाट जम्मा ११ जना विद्यार्थीहरू सम्मिलित भएका थिए।

२०४५ वि.सं.

विश्व शैक्षिक परिवेश र समयको मागसँगै उच्च शिक्षा अध्यापनका लागि वि.सं. २०४५ सालमा नवलपरासी जिल्लाकै पहिलो क्याम्पस स्थानान्तरित हुनको निमित्त यस संस्थाले विशेष भूमिका निर्वाह गरेको।

२०६३–७५ वि.सं.

यस विद्यालयको स्तरोन्नतिको आवश्यकता अनुरूप नेपाल सरकारको शैक्षिक नीति एवं कार्यक्रम अवलम्बन गर्दै उच्च मा.वि. तहको अवधारणाअनुसार वि.सं. २०६३ साल माघ महिनामा विद्यालयको आयोजनामा बृहत् धनधान्याञ्चल ज्ञान महायज्ञ सुसम्पन्न गरी वि.सं. २०६४ सालदेखि उच्च मा.वि. तहको शिक्षा, मानविकी र व्यवस्थापन समूहका कक्षाहरू सञ्चालन हुँदै आएकोमा वि.सं. २०७५ सालदेखि कक्षा ११ र १२ मा विज्ञान समूहका कक्षाहरू सञ्चालन हुँदै आएको छ। विभिन्न पालिका विद्यालयहरूको केन्द्रका रूपमा यो विद्यालय छ।

युगानुकूल गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता भन्ने मूल मान्यतालाई आत्मसात गर्दै विशेष बालबालिका (सुस्त श्रवण) का लागि विशेष कक्षाको कार्यक्रम समेत यस विद्यालयमा सञ्चालन भइरहेको छ। भौतिक तथा शैक्षिक व्यवस्थापनका लागि प्रा.वि. र विशेष कक्षाका कार्यक्रम छुट्टै भवन र हातमा सञ्चालित छन्। मा.वि. तहका माथिल्लो हातभित्र कार्यक्रम सञ्चालन भइरहेको छ। विद्यालयको जमिनमध्ये भौतिक पूर्वाधार र विद्यालय सञ्चालन गर्नका लागि वि.सं. २०४४÷०४५ मा १ विगाहा जमिन बिक्री-वितरण गरी बाँकी रहेको करिब ६ बिगाहा क्षेत्रफलमा विद्यालयले आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ।

२०७४–७५ वि.सं.

नेपाल सरकार, शिक्षा मन्त्रालयबाट वि.सं. २०७४।०३।२५ मा नमुना विद्यालय विकास कार्यक्रममा छनोट भई नमुना विद्यालय गुरुयोजना २०७५ मार्फत भौतिक निर्माण तथा शैक्षिक एवं व्यवस्थापकीय कार्यहरू अगाडि बढाइरहेको छ। नवलपुर क्षेत्रकै मध्य भागमा अवस्थित यस विद्यालय मन्त्रालयबाट समेत स्वीकृत प्राप्त गरी हाल भौतिक पूर्वाधार विकासका लागि आवश्यक कार्य सम्पादन गरिरहेको छ। यस विद्यालयलाई गुणस्तरीय, सर्वसुलभ, युगानुकूल, व्यवसायिक एवं प्राविधिक शिक्षा प्रदान गर्न सूक्ष्म स्रोतसाधन सम्पन्न यस क्षेत्रकै नमुना शैक्षिक संस्थाका रूपमा विकसित गर्नका लागि छनोट भई दीर्घकालीन योजना तथा रणनीतिक योजना तर्जुमा गर्नका लागि अहोरात्र प्रयासरत छौं।

भौगोलिक अवस्था

१.२ भौगोलिक अवस्था

नवलपुर उपत्यका

गण्डकी प्रदेश, नेपाल

सिमानामा रहेका पालिकाहरू

देवचुली (पूर्व) हुप्सेकोट (उत्तर) मध्यविन्दु (पश्चिम) नारायणी नदी (दक्षिण)

यो विद्यालय नेपालकै मध्य भू-भागमा, महाभारत पर्वत श्रृंखला एवं चुरे पर्वतमालाले बेष्ठित रही उपत्यकाको स्वरूपमा नवलपुर नामले परिचित जिल्लामा अवस्थित छ। नेपालको संविधान २०७२ अन्तर्गत सङ्घीयता कार्यान्वयनको क्रममा गण्डकी प्रदेश अन्तर्गत कान्छो जिल्लाको रूपमा आफ्नो पहिचान बनाएको यो जिल्लाकै सदरमुकाम रहेको कावासोती नगरपालिका — जसको पूर्वमा देवचुली नगरपालिका, उत्तरमा हुप्सेकोट गाउँपालिका, पश्चिममा मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिका र दक्षिणमा नारायणी नदीले घेरिएको छ। यसै नगरपालिकाको वडा नं. २ मा यो विद्यालय पूर्व-पश्चिम लोकमार्गको नजिक अवस्थित छ। यो नगरपालिका मानव विकासको दृष्टिकोणले आकर्षणको केन्द्रका रूपमा विकास भइरहेको छ। करिब ४ दशकअगाडि घनाजङ्गलले भरिपूर्ण यस क्षेत्रको हाल आधा भन्दा बढी मानव बस्तीमा रूपान्तरण भइसकेको छ।

समुदायको बनोट

१.३ विद्यालय रहेको समुदायको बनोट

जातजाति र सांस्कृतिक विविधता

ब्राह्मण क्षेत्री मगर गुरुङ थारु तामाङ नेवार ठकुरी घर्ती कुमाल कामी दमाइ सार्की
01

कतिपय सरकारी कार्यालयहरू स्थापना भई मिनी सदरमुकाम हुँदै हाल नवलपुर जिल्लाकै सदरमुकाम कायम हुन पुगेको यो क्षेत्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक र विविध संस्कृतिले भरिएको मानव समुदायको बस्ती हो। यस क्षेत्रमा ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, थारु, तामाङ र नेवार जातिका मानिसहरूको बाहुल्यता छ। साथै ठकुरी, घर्ती, कुमाल, कामी, दमाइ, सार्की आदि जातजातिका मानिसहरू पनि बसोबास गरेको पाइन्छ।

02

यस भू-भागमा बसोबास गर्ने मानिसहरूको धार्मिक र सांस्कृतिक विविधता समेत रहेको पाइन्छ। यहाँ हिन्दू धर्मावलम्बीहरूको संख्या उच्च छ भने बौद्ध धर्म अंगाल्ने मानिसहरूको संख्या पनि उल्लेख्य छ। मुख्य व्यवसायहरूमा वैदेशिक रोजगार, व्यापार, कृषि तथा पशुपालन, नोकरी, मजदुरी, निर्माण आदि रहेका छन्।

3 उच्च शिक्षा र क्याम्पसहरू

शैक्षिक दृष्टिले हेर्दा यस क्षेत्र नवलपुर जिल्लाकै शैक्षिक नगरीका रूपमा चिनिन्छ। यहाँ उच्च शिक्षा प्रदान गर्ने त्रिभुवन विश्वविद्यालय अन्तर्गत कुमारी बहुमुखी क्याम्पस, मध्यविन्दु बहुमुखी क्याम्पस, मध्यवर्ती क्याम्पस सञ्चालनमा रहेका छन् जहाँ विभिन्न विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन-अध्यापन हुन्छ।

4 क्षेत्रका विद्यालयहरू

त्यसैगरी यस क्षेत्रमा सामुदायिक तर्फ शिव मा.वि. शिवबस्ती, शहीद स्मृति मा.वि. कावासोती, ज्ञानोदय मा.वि. कावासोती, जनता मा.वि. विष्णुनगर, सरस्वती मा.वि. हसौरा, जीवनज्योति मा.वि. कावासोती, जनता मा.वि. मगरकोट, जनता मा.वि. त्रिभुवनटार, जनता मा.वि. शहीदनगर डण्डा, कावासोती शान्तिनिकुञ्ज मा.वि. पिठौली, चण्डेश्वरी मा.वि. गोछडा, जनकल्याण मा.वि. कावासोती छन् भने निजी तर्फ लुम्बिनी आवासीय मा.वि. कावासोती, सिद्धार्थ आ. मा.वि. कावासोती, नोबेल एकेडेमी, सेन्ट जोसेफ आ. मा.वि. कावासोती, गण्डकी आ. मा.वि. कावासोती आदि शैक्षिक संस्थाहरूले देश विकासका लागि कर्णधार नागरिकहरू उत्पादन गर्दै आइरहेका छन्।

5 जनसङ्ख्या र पूर्वाधार

यस क्षेत्रमा उच्च बसाइसराइले गर्दा जनसङ्ख्याको चाप तीव्र रूपले बढ्दै गइरहेको छ, जसले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार, विद्युत आदि पूर्वाधारहरूमा प्रतिकूल असर देखिएको छ।

सेवाक्षेत्र

१.४ विद्यालय सेवाक्षेत्र

मुख्य सेवा वडा

वडा २

कावासोती नगरपालिका, नवलपरासी (ब.स.पू.)

थप सेवा वडाहरू

१३

विद्यार्थी आउने पालिका/जिल्ला

देवचुली बुलिङटार हुप्सेकोट बौदीकाली मध्यविन्दु चितवन तनहुँ रुपन्देही

यस विद्यालयको मुख्य सेवा क्षेत्रको रूपमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका वडा नं. २ रहेको छ। साथै यस नगरपालिकाको वडा नं. १, ३, ५, ७, ८, ९ र १३ पनि विद्यालयको सेवा क्षेत्रमा रहेका छन्।

यस विद्यालयमा नवलपरासी (ब.स.पू.) जिल्लाका देवचुली, बुलिङटार, हुप्सेकोट, बौदीकाली र मध्यविन्दु पालिकाहरूबाट पनि विद्यार्थीहरू बसोबास गरी अध्ययनरत छन्। साथै उच्च शिक्षाका लागि नवलपरासी (ब.स.पू.), चितवन, तनहुँ, रुपन्देही लगायतका जिल्लाहरूबाट पनि आई अध्ययन गरिरहेका छन्।

२०३१ वि.सं. (१९७४ ई.स.) मा स्थापित

रूपान्तरणको यात्रा

श्री शिव माध्यमिक विद्यालय २०३१ वि.सं. (१९७४ ई.स.) मा कावासोती र व्यापक नवलपुर जिल्लाका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने दृष्टिकोणसहित स्थापना गरिएको थियो। शिवबस्तीमा सामान्य सुरुवातबाट आरम्भ भएको यो विद्यालय आज नवलपरासी पूर्वका सबैभन्दा सम्मानित र विश्वसनीय शैक्षिक संस्थाहरूमध्ये एक बनेको छ।

नेपालको गण्डकी प्रदेश, नवलपुर (नवलपरासी पूर्व), कावासोती-२, शिवबस्तीमा अवस्थित यस विद्यालयले नेपाल सरकार अन्तर्गत राष्ट्रिय परीक्षा बोर्ड (NEB) सँग सम्बद्ध रहेर सञ्चालित छ।

संस्थापक सदस्यहरूको परिश्रम, पाँच दशकभर शिक्षकहरूको अटल समर्पण र क्षेत्रभरिका पुस्तौपुस्ताका परिवारहरूको गहिरो विश्वासले हाम्रो इतिहास परिभाषित गर्छ। वर्षौंसम्म हामीले हाम्रा सांस्कृतिक मूल्यमान्यतामा दृढ रहँदै आधुनिक शिक्षण पद्धति अँगाल्दै निरन्तर विकास गर्दै आएका छौं।

विद्यालयको सम्पर्क र ठेगाना

शिवबस्ती, कावासोती-२, नवलपुर (नवलपरासी पूर्व), गण्डकी प्रदेश, नेपाल

विद्यालयका आधिकारिक कोडहरू

SEE कोड नं.

84024

NEB कोड नं.

76023

EMIS कोड नं.

480650008

विद्यालय भवन

50+

वर्षको इतिहास

NEB सम्बद्ध

उपलब्ध शैक्षिक कार्यक्रमहरू

प्ले ग्रुपदेखि कक्षा १२ सम्म समग्र शिक्षा प्रणाली — उच्च माध्यमिक तहमा विज्ञान, व्यवस्थापन र शिक्षा विषय समूह सहित।

सामान्य शिक्षा (PG देखि कक्षा १२)

नेपाल सरकार र राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत राष्ट्रिय पाठ्यक्रम पछ्याउँदै, हामी आधारभूत तहदेखि उच्च माध्यमिक तहसम्म समग्र शिक्षा प्रदान गर्छौं।

  • पूर्व-प्राथमिक: प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी
  • प्राथमिक: कक्षा १ – कक्षा ५
  • निम्न माध्यमिक: कक्षा ६ – कक्षा ८
  • माध्यमिक (SEE): कक्षा ९ – कक्षा १०
  • उच्च माध्यमिक (+२): शिक्षा, व्यवस्थापन र विज्ञान (+२)
४. योजना निर्माण

दृष्टि, ध्येय र लक्ष्य

४.१ विद्यालयको दूरदृष्टि

वर्तमान युगानुकूल प्रविधिमैत्री, गुणस्तरीय, सीपमूलक, दक्ष जनशक्ति उत्पादनमूलक शिक्षा प्रदान गरी यस क्षेत्रको शैक्षिक विकासमा टेवा पुर्याइ लोकप्रिय संस्थाका रूपमा परिचित हुनेछ।

४.२ उद्देश्य

ध्येय

  1. 1 वर्तमान युगानुकूल प्रविधिमैत्री, गुणस्तरीय, बालमैत्री र भयरहित शैक्षिक वातावरणको सिर्जना गर्ने,
  2. 2 भौतिक पूर्वाधारको विकास, विस्तार र व्यवस्थापन गरी सिकाइ वातावरण प्रभावकारी बनाउने,
  3. 3 संस्कारसहितको शिक्षा प्रदान गर्दै परिवार, समाज र राष्ट्रप्रति उत्तरदायी दक्ष जनशक्तिको निर्माण गर्ने,
  4. 4 संस्थागत जवाफदेहिता, सुशासन र जनसहभागिताको वृद्धि गर्ने,
  5. 5 शैक्षिक कार्यक्रममा युगानुकूल विविधिकरण,
  6. 6 आन्तरिक, स्थानीय र बाह्य स्रोतको पहिचान र समुचित प्रयोग, परिचालन,

लक्ष्य

  1. 1 युगानुकूल प्रविधिमैत्री, गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्ने,
  2. 2 सुविधा सम्पन्न इ-लाइब्रेरीको विकास गर्ने,
  3. 3 अत्याधुनिक सुविधायुक्त भौतिक पूर्वाधार तयार गर्ने,
  4. 4 बालमैत्री, शान्त शैक्षिक वातावरण तयार गर्ने,
  5. 5 प्राविधिक तथा व्यवसायिक धारका कक्षा सञ्चालन गर्ने,
  6. 6 आन्तरिक, स्थानीय र बाह्य स्रोतको पहिचान र समुचित प्रयोग, परिचालन
शिक्षण विधि

हाम्रो शिक्षण पद्धति

श्री शिव माध्यमिक विद्यालयका शिक्षकहरूले सिकाइलाई अन्तरक्रियात्मक, अर्थपूर्ण र प्रभावकारी बनाउन परम्परागत र आधुनिक दुवै पद्धति प्रयोग गर्छन्। विद्यालयले सक्रिय सहभागितामा विश्वास गर्छ — जहाँ विद्यार्थीहरू केवल श्रोता मात्र नभई आफ्नो सिकाइ प्रक्रियाका सक्रिय अंशधारक हुन्।

सामूहिक गतिविधि र छलफल

मल्टिमिडिया-सहायक पाठहरू

प्रयोगशाला कार्य र व्यावहारिक सत्रहरू

निरन्तर मूल्याङ्कन र प्रतिक्रिया

परियोजना-आधारित सिकाइ

शैक्षिक भ्रमण र क्षेत्र भ्रमण

विद्यार्थीहरू सिक्दै
पूर्वाधार

सुविधाहरू र सिकाइ वातावरण

श्री शिव माध्यमिक विद्यालयले प्रत्येक विद्यार्थीको शैक्षिक र व्यक्तिगत विकासलाई समर्थन गर्ने समग्र सिकाइ वातावरण प्रदान गर्छ।

STEAM प्रयोगशाला

विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित एकीकृत STEAM प्रयोगशाला — प्रयोग, सृजनशीलता र समस्या समाधानमार्फत सिकाइ।

प्राकृतिक वनस्पति नर्सरी

वातावरणीय शिक्षा, बोटबिरुवा हेरचाह र जीवविज्ञान तथा दिगोपन सम्बन्धी व्यावहारिक सिकाइका लागि प्राकृतिक वनस्पति नर्सरी।

तातो र चिसो शुद्धिकरण गरिएको खानेपानी प्रणाली

विद्यालयभरि विद्यार्थी, शिक्षक र अभिभावकका लागि सुरक्षित तातो र चिसो शुद्धिकरण गरिएको खानेपानी उपलब्ध।

डिजिटल कक्षाकोठा व्यवस्थापन

कक्षाकोठा व्यवस्थापन, हाजिरी र प्रविधि-सहायक शिक्षणका लागि आधुनिक डिजिटल प्रणाली र उपकरणहरू।

बहिरा विद्यार्थीका लागि विशेष विज्ञान कक्षा

बहिरा विद्यार्थीका लागि समर्पित र समावेशी विज्ञान कक्षा — विशेष शिक्षण विधि र सहयोगी वातावरणसहित।

आधुनिक पूर्व-प्राथमिक शिक्षण ब्लक

साना बालबालिकाका लागि आधुनिक सुविधासहितको पूर्व-प्राथमिक शिक्षण ब्लक — संलग्न शौचालय सहित।

कार्यक्रम हल

विद्यालयका कार्यक्रम, सभा, सांस्कृतिक कार्यक्रम, सेमिनार र विशेष अवसरका लागि विशाल कार्यक्रम हल।

विज्ञान व्यावहारिक प्रयोगशाला (कक्षा ४–१२)

कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि सुसज्जित विज्ञान व्यावहारिक प्रयोगशाला — हातले गरिने प्रयोग र सिकाइका लागि।

समग्र विकास

कक्षाबाहिर पनि

श्री शिव माध्यमिक विद्यालयमा शिक्षा पाठ्यपुस्तकभन्दा धेरै टाढासम्म फैलिन्छ। हामी विविध सह-पाठ्यक्रम र पाठ्येतर गतिविधिहरूद्वारा सर्वाङ्गीण व्यक्तित्व विकास गर्छौं।

खेलकुद र शारीरिक शिक्षा

विद्यालयले फुटबल, भलिबल र एथ्लेटिक्समा सक्रिय सहभागिताको प्रोत्साहन दिन्छ। नियमित आन्तरिक-हाउस र आन्तरिक-विद्यालय प्रतियोगिताहरूले टिमवर्क, स्वास्थ्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्छन्।

पाठ्येतर कार्यक्रम (ECA)

बहस, प्रश्नोत्तरी, कला, संगीत, नाटक र सांस्कृतिक कार्यक्रमहरूले विद्यार्थीलाई विविध रुचिहरू खोज्न, सञ्चार कौशल निर्माण गर्न र आत्मविश्वास विकास गर्न मद्दत गर्छन्।

शैक्षिक भ्रमण र क्षेत्र अवलोकन

संगठित क्षेत्र यात्राहरू र शैक्षिक भ्रमणहरूले विद्यार्थीलाई कक्षाबाहिर व्यावहारिक सम्पर्क प्रदान गर्छन् — सैद्धान्तिक ज्ञानलाई वास्तविक संसारसँग जोड्दै।

विद्यालय पत्रिका र प्रकाशन

वार्षिक विद्यालय पत्रिकाले विद्यार्थीको लेखन, कलाकृति, शैक्षिक उपलब्धि, विद्यालयका मुख्य घटना र सामुदायिक कथाहरू प्रस्तुत गर्छ — सृजनशीलता र दस्तावेजीकरण संस्कृतिलाई प्रोत्साहन दिँदै।

हाम्रा उपलब्धिहरू

हाम्रा गर्विलो उपलब्धिहरू

पाँच दशकभन्दा बढीमा, श्री शिव माध्यमिक विद्यालयले कावासोती-नवलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टता, सामुदायिक प्रभाव र समग्र विकासको एक विरासत निर्माण गरेको छ।

1

नवलपुरको अग्रणी शैक्षिक केन्द्र

SEE र NEB नतिजामा निरन्तर बलियो रेकर्डसहित कावासोती नगरपालिका र व्यापक नवलपुर जिल्लाका सबैभन्दा भरपर्दो शैक्षिक संस्थाहरूमध्ये एकको रूपमा मान्यता प्राप्त।

2

समावेशी छात्रवृत्ति कार्यक्रम

न्यायसंगत पहुँचप्रति प्रतिबद्ध, विद्यालयले दशकौंमा सयौं दलित, जनजाति र आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति र आर्थिक सहयोग प्रदान गरेको छ।

3

खेलकुद र सांस्कृतिक पहिचान

क्षेत्रीय आन्तरिक-विद्यालय खेलकुद, सांस्कृतिक प्रतियोगिता र बहस कार्यक्रमहरूमा निरन्तर सहभागिता र विजय — सर्वाङ्गीण विद्यार्थी विकासप्रति विद्यालयको प्रतिबद्धता झल्काउँदै।

4

समुदाय-केन्द्रित शिक्षा

एक सामुदायिक संस्थाको रूपमा, विद्यालय ५० वर्षभन्दा बढी समयदेखि कावासोतीको शैक्षिक विकासको केन्द्रमा रहेको छ, पुस्तौपुस्ताका परिवारहरूको गहिरो विश्वास आर्जन गर्दै।

5

विस्तारित पूर्व विद्यार्थी नेटवर्क

श्री शिव माध्यमिक विद्यालयका स्नातकहरू चिकित्सा, इन्जिनियरिङ, शिक्षा, सरकारी सेवा र उद्यमशीलता — स्थानीय र राष्ट्रिय स्तरमा योगदान दिँदैछन्।

हाम्रो प्रतिबद्धता

कावासोतीमा भविष्य निर्माण २०३१ वि.सं. (१९७४ ई.स.)

श्री शिव माध्यमिक विद्यालय एउटा संस्थाभन्दा बढी हो — यो एक समुदाय हो। हामी आफ्ना विद्यार्थीहरूको आवश्यकता र नवलपुर तथा गण्डकी प्रदेशको स्थानीय विकासको माग पूरा गर्न शिक्षणको गुणस्तर सुधार र सुविधा उन्नयनमा निरन्तर काम गर्दैछौं।

Chat with us on WhatsApp